७ वैशाख २०८१ शुक्रबार
राजनीति

बंगलादेशका प्रधानमन्त्री हसिनालाई ओलीको फोन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका समकक्षी शेख हसिनालाई बधाई ज्ञापन गरेका छन्।

बंगलादेशमा भर्खरै सम्पन्न संसदीय आमनिर्वाचनमा हसिनाको अवामी लिग पार्टीले हासिल गरेको बहुमत जितका लागि ओलीले सोमवार साँझ फोन गरी बधाई दिएका हुन्। 

उनले हसिनालाई आगामी यात्राको सफलताको शुभकामना समेत दिएका छन्। बहुमत जितसँगै बंगलादेशमा हसिना फेरि प्रधानमन्त्री बन्ने निश्चित भएको छ। 

I called today to congratulate Prime Minister of Bangladesh Sheikh Hasina on the victory of her party with overwhelming majority in the general elections.

I wished her all success ahead.

— K P Sharma Oli (@kpsharmaoli) December 31, 2018

प्रकाशित: १६ पुस २०७५ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App