१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकार विरुद्ध सदन र सडक तताउँछौं : महत

ताप्लेजुङ - नेपाली कांग्रेसका सहमहान्त्री डा.प्रकाशसरण महतले कांग्रेस एक ढिक्का भएर जनविरोधी सरकारी रबैयाको प्रतिकारमा उत्रने बताएका छन्।  त्यसका लागि उनले सडक र सदन दुबैमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।शनिबार नेविसंघको जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता महतले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको आरोप समेत लगाए।

केहिदिन अघि सम्पन्न कांग्रेस महासमिति बैठकले कांग्रेसका सांगठनिक संरचनामा नयाँ आयाम सृजना गरेको भन्दै महतले महासमिति बैठकले दिएको एकताको सन्देश अब कांग्रेसले कामबाट पूरा गरेर देखाउने बताए। विपक्षी दलको भूमिकामा कांग्रेस कमजोर देखिएको भन्ने आलोचना आईरहेको बेला नेता महतले जनताका आधारभूत आवश्यकताका बारेमा कांग्रेस जानकार रहेकोले अलोकप्रिय बन्दै गएको सरकारलाई घुँडा टेकाउने अभियानमा पार्टी अग्रसर हुने दावी गरे।

अधिकांश समय सरकारको आलोचनामा खर्चिएका नेता महतले अबको कांग्रेस एकमत,संगठित र दरिलो भएर आउने दावी गरे।

 

प्रकाशित: १४ पुस २०७५ ११:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App