coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अनुसन्धान नयाँ सिराबाट : खनाल

फाइल फाेटाे

धनगढी – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याको अनुसन्धान नयाँ सिराबाट थालिएको बताएका छन्। सुदूरपश्चिम भ्रमणमा आएका उनले फरक कोणबाट अनुसन्धान थालिएको जनाउ दिएका हुन्।

निर्मलाबारे इमानदारीपूर्वक र गहन रूपमा अनुसन्धान भइरहेको उल्लेख गर्दै महानिरीक्षक खनालले हत्यारा जस्तोसुकै शक्तीशाली भए पनि पत्ता लाग्ने विश्वास व्यक्त गरे। ‘इमानदारीपूर्वक, गम्भीर र फरक कोणबाट अनुसन्धान अघि बढाएका छौं,’ उनले नागरिकलाई भने, ‘जुन तह, तप्का र क्षेत्रको भए पनि निर्मलाको हत्यारालाई पत्ता लगाएरै छाड्छौं।’

अनुसन्धानबाट निर्मलाको दोषी पत्ता लाग्नेमा आफू पुरै आशावादी भएको उनको भनाइ थियो। केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) का प्रमुख डिआइजी निरज शाहीलगायत अन्य प्रहरी अधिकारीसहितको टोली लिएर उनी बिहीबार धनगढी पुगेका थिए। शुक्रबार संघीय एकाइ कार्यालयमा प्रहरीलाई ब्रिफिङ दिएर उनी दीपायल गएका छन्। आफ्नो भ्रमण निरीक्षणका लागि भएको बताउँदै महानिरीक्षक खनालले निर्मला हत्याबारे धेरै बोल्न चाहेनन्।

प्रकाशित: १४ पुस २०७५ ०२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App