८ वैशाख २०८१ शनिबार
राजनीति

टोल टोलमा पुग्नुपर्ने सरकार पोल पोलमा पुग्यो : महताे

काठमाडौं– राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले उल्टोपुल्टो काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

बुधवारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै संयोजक महतोले सरकारप्रतिको जनताको आशा, विश्वास र भरोसा निराशामा परिणत हुँदै गएको दाबी गरे। 

उनले टोल टालमा सरकार पुग्नुपर्नेमा पोल पोलमा पुगेको टिप्पणी गरे। ‘यो त हुँदैन हो। पटक पटक भनेको हो, संविधान संशोधन गरौं। लटर पटरवाला संविधान अपुरो भएको भनेको, खै त? संशोधन गर्नुपर्दैन?’ उनले प्रश्न गरे।

जनादेशको सम्मान नगरेकै कारण ६ वटा संविधान खत्तम भएको भन्दै ७ औं खतम नगरौं भने। ‘जनताको माग सम्बोधन गरौं। अन्यथा विश्वको कुनै शक्तिले रोक्न सक्दैन’, उनले चेतावनी दिए।

प्रधानमन्त्तीले सरकार बनाउँदा १० महिनाअघि संशोधन गर्छाै भनेको स्मरण गर्दै आफूहरुको सहनशीलतालाई कमजोरी नठान्न चेतावनी दिए। ‘हामी दुई तिहाई सरकारले जनताको हितमा काम गरोस भन्ने चाहन्छौं। हामीले उठाएका सवालहरु सकारात्मक रुपमा सम्बोधन होस’, उनले माग गरे। 

मधेसमा शितलहर सुरु भएको भन्दै उनले जोगाउने काम गर्न सरकारलाई आग्रह गरे। उनले मदन भण्डारी राजमार्ग बनाउने नाममा चुरेलाई मरभूमी नबनाउन आग्रह गरे। ‘सडक बनाउने नाममा चुरेलाई नाश हुने काम गर्नुभएन’, उनले भने। 

सरकार होली वाइनले शुद्ध बनाउने धन्दामा लागेको भन्दै उनले आपत्ति समेत जनाए।

प्रकाशित: ११ पुस २०७५ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App