७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेतृत्व जिम्मेवार देखिएन : नेता भुसाल

रुपन्देही– नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले दुई तिहाई मतलाई अवसरको रुपमा लिन नेतृत्वलाई सुझाव दिएका छन्। उनले तत्तकालिन एमाले र माओवादीको एकतालाई क्रान्तिकारी शक्ति निर्माणको युगका रुपमा व्याख्या गरे। तर नेतृत्व ढुलमूलमा रहेको तर्क गरे। 

‘ठूलो अवसर पार्टीलाई छ, तर नेतृत्व जिम्मेवार देखिएको छैन्’ १२५ औं माओको जन्मजन्यन्तीको अवसर पारेर मदन भण्डारी अध्ययन केन्द्र र माओवादी अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले  मंगलबार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले भने। उनले अब कम्युनिस्ट शक्तिले साँचो अर्थमा क्रान्ति गर्ने मौका आएको भन्दै यो इतिहासकै ठूलो अवसर भएको बताए। 

सार्वभौमसत्ता नेकपामा आएको बेला गरिबी र विविधतालाई एकीकृत गर्नुपर्ने उनले स्पष्ट बताए। नेपालमा वामपन्थी जनमत असधारण जनमत भएको उल्लेख गर्दै २००७ सालदेखि नेपालमा वामपन्थी जनमत बढ्दै आएको उनको तर्क छ। माओको विचार, व्यवहारले संसारलाई कम्युनिस्टप्रति आर्कषित गरेको बताए। उनले पार्टीमा अराजकता मौलाउंदै गएकाले क्रान्ति प्रतिक्रान्ति हुन सक्ने खतरा पनि औल्याए। उनले नदीको दोहनतर्फ संकेत गर्दै भने ‘तीनाउ नदी दलाल पूंजीवादको हिरा बनेको छ, सकाउने खेल शुरु भएको छ, होसियार हुने बेला आयो।’ 

प्रकाशित: १० पुस २०७५ १५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App