८ वैशाख २०८१ शनिबार
राजनीति

ओली–दाहालको प्रतिवेदन सर्वसम्मत पारित हुने दाबी

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित हुने दाबी गरेका छन्।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतीले पारित हुन्छ।’ उनले बैठकमा वामदेव गौतमले छुट्टै प्रतिवेदन नभएर सुझावको रुपमा पेश गरेको जिकिर गरे। उनले भने, ‘वामदेवजीको सुझावमा पीडाहरु छन्, असन्तुष्टिहरु छन्। त्यो भनेको त भावनाको कुरा हो। त्यसलाई सम्बोधन गर्नुपर्छ।’ 

उनले पार्टीको जारी स्थायी समिति बैठकले अब सम्भावना पहिल्याउन र चुनौतीहरु सामना गर्न सफल भएको बताए। उनले अब पार्टी एकताबद्ध भएर अघि बढ्ने पनि विश्वास दिलाए। 

काठमाडौंमा हालै सम्पन्न भएको एशिया प्यासिफिक समिटमा सरकारले भाग लिएर गलत गरेको भनेर बाहिर आलोचना भएकोप्रति टिप्पणी गर्दै उनले भने, ‘कम्युनिष्ट सरकार गठन भएकोमा धेरैलाई चित्त बुझेको छैन, त्यही भएर सरकारको आलोचना भैरहेको छ ।’ उनले एशिया प्यासिफिक समिट धार्मिक कार्यक्रम नभएको पनि जिकिर गरे। 

उनले नेपालम भ्रष्टाचार ठूलो समस्या रहेको सुनाउँदै यसलाई रोक्नको लागि सरकार र सबै राजनीतिक दलहरुले गम्भिर कदम चाल्नुपर्ने सुझाव दिए। 

प्रकाशित: ९ पुस २०७५ १३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App