२४ श्रावण २०७७ शनिबार
राजनीति

नेकपा बैठक : राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो, आजै अध्यक्षद्वयले जवाफ दिने

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी आइतबार बिहानको बैठकमा नेता प्रदीप ज्ञवालीले प्रतिवेदनका विषयमा आफ्ना भनाइ राखेपछि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आइतबार  अपरान्ह साढे ४ बजे बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम छ।

“प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनका विषयमा आफ्ना विचार राख्नुभयो, बिहानै अध्यक्षद्वयले छलफलमाथिको प्रतिउत्तर राख्ने सम्भावना थियो, समय अनुकुल भएन त्यसैले आजै ४ बजेपछि पुन बस्ने बैठकमा उहाँहरुले विचार राख्नुहुन्छ” प्रवक्ता श्रेष्ठले भने।

नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार विशेष समय लिएर वरिष्ठ नेता माधवकुमार नेपालले एसिया प्यासफिक सम्मेलनका विषयमा आफ्ना भनाइ राखेका थिए। प्यासफिक सम्मेलनमा सहभागी भएको भनेर केही नेताले बैठकमा आलोचना गरेका थिए। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिवेदन बाहेकका विषयमा केही भनाइ राखेका श्रेष्ठले जानकारी दिए।

गएको मङ्सिर २९ गतेदेखि अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ। जारी बैठकमा बोल्ने क्रममा कतिपय स्थायी कमिटीका सदस्यले पार्टी एकीकरणले पूर्णता पाउन नसकेको, सरकराले जनअपेक्षा अनुसार काम गर्न नसकेको लगायतका विषयमा आलोचना गरेका थिए। उठेका सवालमा अध्यक्षद्वयको जवाफ आएपछि राजनीतिक प्रतिवेदन पारित हुने या परिमार्जन गर्ने भन्ने विषय निक्र्यौल हुनेछ। रासस

प्रकाशित: ८ पुस २०७५ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App