८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसका सबै पदाधिकारी निर्वाचनबाट, १६१ जनाको कार्यसमिति

फाइल तस्बिर

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सबै पदाधिकारी निर्वाचनबाट चुनिने भएका छन्। संघीय संरचना अनुसार विधान संशोधनका लागि राजधानीमा जारी कांग्रेसको महासमिति बैठकका क्रममा मंगलवार नेताहरूबीच केन्द्रीय पदाधिकारी निर्वाचनबाट छान्ने सहमति भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।

विधानमा भएको सहमतिअनुसार सभापति, उपसभापति (२), महामन्त्री (२), सह-महामन्त्री (२) निर्वाचनबाट चुनिने छन्। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले नियुक्त गर्नेछन्। 

निधिका अनुसार केन्द्रीय कार्यसमिति १६१ जनाको रहनेछ। जसमा २० प्रतिशत सभापतिले मनोनीत गर्न पाउने व्यवस्था गरिएको छ।  

यस्तै, महासमितिको बैठक २ दिन लम्बिने भएको छ। पुस ४ गतेसम्मका लागि बोलाइएको बैठकको बन्दसत्र ५ र ६ गते केन्द्रीय कार्यालयमा हुने भएको छ। बैठकमा ५ गते विधान पेश गरिने उपसभापति निधिले बताए।

यस्तै, कांग्रेस केन्द्रीय समिति बैठक बुधवार (भोलि) दिउँसो १२ बजे बस्ने भएको छ। बैठकले संशोधित विधान पारित गर्ने निधिको भनाई छ। ‘सबै विधानको प्रस्ताव सर्वसम्मत पारित भएर महासमितिमा आउँछ’, निधिले भने। 

प्रकाशित: ३ पुस २०७५ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App