११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वप्रम गिरीको अन्त्येष्टि विद्युतीय शव दाह गृहमा गरिने

काठमाडौ– आज विहान निधन भएका पूर्व प्रधानमन्त्री डाक्टर तुलसी गिरीको अन्त्येष्टि भोली(बुधबार) गरिने भएको छ। भोली ३ बजे पशुपति आर्यघाट स्थित विद्युतीय शव दाह गृहमा अन्तिम संस्कार गरिने उनकी श्रीमती सराह गिरीले जानकारी दिइन्। उहाँले जिवित छँदा विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गर्ने इच्छा राख्नु भएको थियो,’ उनले भनिन्।

आज विहान आफ्नै निवासमा निधन भएका गिरीको पार्थिव शरीरलाई आज निवाशमै श्रद्वाञ्जलीका लागि राखिने भएको छ। दिवंगत गिरी प्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका नेता प्रदीप गिरी, राप्रपाका नेता बुद्दिमान तामाङ, पूर्वमन्त्री राधाकृष्ण मैनालीलगायत नेता, समर्थक उनको निवास आइसकेका छन्। अन्य व्यक्ति पनि आउने क्रम जारी छ।

कलेजोको क्यान्सरबाट पीडित गिरीको ९३ वर्षको उमेरमा आज विहान आफ्नै निवास बुढानिलकण्ठमा राखिने जनाइएको छ। गिरीका श्रीमती दुई छोरा  र दुई छोरी छन्।

 

प्रकाशित: ३ पुस २०७५ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App