१५ चैत्र २०८० बिहीबार
राजनीति

कांग्रेस महासमिति बैठक सुरु

नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। तस्बिर : केशव थोकर

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले बैठकको उद्घाटन गरे।  बैठकको तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता गरिएको थियो।

राजधानीको एक पार्टी प्यालेसमा सुरु भएको बैठक आगामी पुस ३ गतेसम्म चल्ने छ। बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

उद्घाटनलगत्तै शुरु हुने बन्दशत्रमा पार्टीको केन्द्रीय समितिमा प्रस्तुत भई छलफल भएका विभिन्न पाँच विषयका दस्तावेज पेश हुनेछ। बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशांक कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा. प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नेछन्। विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ।

नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। तस्बिर : केशव थोकर
नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। तस्बिर : केशव थोकर
नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। तस्बिर : केशव थोकर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App