coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा सदस्यले लिए सपथ

तस्बिर : मदन/नागरिक

रौतहट - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्बर २ मा छनौट भएका २१६ सदस्यले विहिवार एक समारोहबीच सपथ ग्रहण गरेका छन्।

रौतहटको चन्द्रनिगाहपुर स्थित गौतम होटलमा नेकपाले आयोजना गरेको सपथ ग्रहण तथा प्रथम पुर्ण बैठक कार्यक्रममा प्रदेशका इन्चार्ज सत्यनारायण मण्डलको रोहवरमा प्रदेश २ का ८ वटै जिल्लाबाट मनोनित भएका २१६ जना सदस्यहरुले रौतहट ३ बाट संघीय प्रतिनिधि सभामा निर्वाचित सांसद एवं प्रदेश अध्यक्ष प्रभु साहबाट सपथ ग्रहण गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि एवं प्रदेश इन्चार्ज सत्यनारायण मण्डलले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी मिलेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रदेखि लिएर प्रदेश हुँदै जिल्ला स्तरमा कमिटिहरु गठन भएपनि प्रदेश नम्वर २ मा समिति बनाउन निकै कठिनाई एवं विभिन्न बाधा अवरोध भएपनि प्रदेश समितिले अन्य प्रदेश भन्दा पहिले नै पुर्णता पाएको बताए। मण्डलले पार्टीको संगठन बलियो बनाई प्रदेशलाई सुखी र समृद्ध बनाउने वर्तमान सरकारको स्पष्ट नीति रहेकोले त्यस अनुरुप कार्य गर्न नवनियुक्त सदस्यहरुलार्इ निर्देशन दिए।

सपथ ग्रहण पछि प्रदेशको पहिलो बैठकबाट प्रदेश २ को कार्यालय भवन जनकपुरमा बनाउन सर्वसम्मत निर्णय समेत भएकाे छ। 

 

प्रकाशित: २७ मंसिर २०७५ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App