coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेस प्रदेश, जनकपुर राजधानी : महतो

विराटनगर – राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुर हुनुपर्ने बताएका छन्। प्रदेश २ को सत्तारुढ घटक राजपाका संयोजक महतोले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी पहिचानका आधारमा प्रदेशको नाम मधेस र प्रदेश २ का सबै जनताको पायक पर्ने स्थान जनकपुर भएकाले राजधानी जनकपुर हुनुपर्ने बताए।

महतोले अघि पछि जुनसुकै शब्द जोड्न सकिने भएपनि मधेश चाही छाड्न नसकिने स्पष्ट पारे। महतोले राजपाले सरकारमा जान बार्गेनिङ गर्यो भन्ने आरोप गलत भएको पनि बताए। उनले संविधान संशोधन, आन्दोलनका क्रममा मुद्धा लागेका कार्यकर्ताको मुद्धा फिर्ता लगायतका आफ्ना माग पुरा गर्न मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा गरेको दाबी पनि गरे।

महतोले सरकार सबै काममा असफल भइसकेकाले सरकारबाट केही आशा गर्ने स्थिति नरहेको बताए। ‘सरकार असफल भइसक्यो’ उनले भने, ‘अब आशा गर्ने ठाउँ छैन।’ संघीय समाजवादी फोरमस“ग पार्टी एकीकरणको विषय अफवाह मात्रै भएको महतोको भनाई छ। फोरमको नियत र दृष्टिकोण स्पष्ट नभएसम्म एकीकरण सम्भव नभएको महतोले स्पष्ट पारे।  ‘एकीकरण गर्नेको नियत र दृष्टिकोण स्पष्ट नभएसम्म एउटै पार्टी बन्न सक्दैन ’ उनले भने।

प्रकाशित: २५ मंसिर २०७५ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App