coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलन, १३ विद्यार्थी पक्राउ

सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ललाई हटाइएपछि विश्वविद्यालयमा आन्दोलन झन् चर्किन थालेको छ। संयुक्त विद्यार्थी आन्दोलन संघर्ष समिति र प्रजातन्त्रवादी प्रध्यापक संघको आन्दोलनका कारण विश्वविद्यालयमा झन तनाव बढ्दै गएको छ। विश्वविद्यालयको केन्द्रीय क्याम्पसको सुरक्षाका लागि तीन सय प्रहरी परिचालन गरिएको छ।

सोमबारको आन्दोलनमा १३ जना विद्यार्थीहरुलाई पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको छ। विश्वविद्यालयमा ढुंगामुढा गर्न थालेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। प्रहरीका अनुसार नेपाल विद्यार्थी संघ सुर्खेतका कार्यबहाक अध्यक्ष गौतम विसी, केन्द्रीय सदस्य प्रेम शाही, स्वतन्त्र विद्यार्थी यूनियन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सदस्य दिपकराज विसी, रोशन बस्नेत, इन्जिनियरिङ संकायका सभापति जनक थापा, हिमाल जैसी, राम कार्की, गोविन्द सिंजाली, किरण शाही, सन्देश शाही, युवक पोखरेल, भरत सुवेदी र हेमराज भट्टराईलाई पक्राउ गरेर हिरासतमा राखिएको छ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले रजिष्ट्रारको अनुपस्थितिमा असोज ६ गते कार्यकारी परिषद्को बैठक आव्हान गरेर विभिन्न नियुक्ति दिएपछि ८ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय र डीनका कार्यालयहरुमा तालावन्दी गरिएको थियो। आइतबार प्रहरीको सहयोगमा ताला फोडिएपछि आन्दोलन झन चर्किएको छ।

 

प्रकाशित: २४ मंसिर २०७५ १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App