१९ असार २०७७ शुक्रबार
राजनीति

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने अधिकारकर्मी पक्राउ

काठमाडौं- प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न खोजेको भन्दै अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। विश्व मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन खोजेका अधिकारकर्मी कृष्ण पहाडी लगायतलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ अधिकारकर्मीलाई कमलादीमा राखिएको छ।

निर्मला पन्तको बालात्कार र हत्या घटनामा दोषीको पहिचान हुन नसक्नु राज्यको अक्षमता लेखिएको व्यानर सहित उनीहरु बालुवाटार पुगेका थिए। मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको प्रदर्शनमा महिलामाथी हुने हिंसा र अत्याचार जघन्य अपराध भएको भन्दै रोक्न माग गरिएको थियो।

 

प्रकाशित: २४ मंसिर २०७५ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App