१६ चैत्र २०८० शुक्रबार
राजनीति

स्थायी कमिटीबाट जिल्ला र जनसङ्गठनको एकता टुङ्गो लाग्छ : अध्यक्ष दाहाल

फाइल तस्बिर

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटीको बैठकले जिल्ला र जनसङ्गठनको एकताको टुङ्गो लाग्ने बताएका छन्।

मङ्सिर २९ गते स्थायी कमिटीको बैठक बोलाइएको जानकारी दिँदै अध्यक्ष दाहालले प्रदेश कमिटीको टुङ्गो लागिसकेकाले आगामी स्थायी कमिटीबाट जिल्ला र जनसङ्गठनको एकता गर्ने लक्ष्य बनाएको बताए। जनसांस्कृतिक महासङ्घ नेपालद्वारा जनगायक स्व. खुशीराम पाख्रीनको स्मृतिमा अाइतबार काठमाडाैंमा भएको सांस्कृतिक कार्यक्रममा उनले जनस्तर एवं पार्टीभित्रकाे भावनालाई पार्टीको स्थायी कमिटी बैठकमा एजेण्डा बनाएर लैजाने विश्वास दिलाए।

जनताका बीचमा अभियान लैजाने र सांस्कृतिक आन्दोलन चलाउने कुरा बिर्सिएर विकासलाई बोझ ठान्न थालियो भने समृद्धि र सुखी नेपाली हुन नसक्ने भन्दै उनले विकासलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने र उत्सवका रुपमा लैजानुपर्नेमा जोड दिए। भइरहेकै कर्मचारीतन्त्र र राज्य संरचनाबाट कम्युनिष्टले देखेको जस्तो विकास सम्भव नभएको अध्यक्ष दाहालले बताए। रासस

 

प्रकाशित: २३ मंसिर २०७५ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App