८ वैशाख २०८१ शनिबार
राजनीति

रावलद्वारा नेकपाको प्रदेश कमिटी सदस्य पद अस्वीकार

बाजुरा- नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य पद मनबहादुर रावलले अस्वीकार गरेका छन्। नेपाली काँग्रेस बाजुराका पूर्व सभापति रावलले परामर्श नगरी पार्टीमा आकर्षण गर्ने उद्देश्यले मञ्जुरी विना नै सदस्य बनाएकोले अस्वीकार गरेको बताएका छन्। रावलले विज्ञप्ती प्रकासित गर्दै पद अस्वीकार गरेका हुन्।

रावलले प्रदेश र संघको निर्वाचनमा पार्टीले टिकट नदिएपछि २०७४ कार्तिक ८ गते काँग्रेस परित्यागको घोषणा गरि वाम गठबन्धनलाई सघाउने भन्दै स्वतन्त्र बसेका थिए।

नेकपा प्रदेश कमिटीले रावलको नाम पूर्व एमालेको १ सय जनाको सूचीमा ९५ स्थानमा राखेको थियो। २०३६ सालदेखि नेपाली काँग्रेसमा आवद्ध रावल २०४७ देखि २०७२ सम्म काँग्रेस बाजुराको पार्टी सभापति भएका थिए।     

सक्रिय राजनीतिबाट निस्क्रीय रहेपनि लोकतन्त्र र लोकतान्त्रिक पद्धती प्रतिको निष्ठा र आस्था सदा अटुट रहने उनले बताएका छन्। १४ महिनादेखि पार्टी परित्याग गरि स्वतन्त्र बसेको व्यक्ति पार्टी सदस्य हुन्छ र हुनै पर्छ भन्ने सोच भएका बाजुराका काँग्रेस र कम्यूनिष्ट प्रति दया लागेर आएको  विज्ञप्तीमा उल्लेख गरिएको छ।

'मेरो विद्रोहले सहयोग पुग्न सक्छ, पुग्यो होला, यसैलाई आधार मानेर मसँग सोधपुछ नै नगरी आफूतिर आकर्षित गर्ने उद्देश्यले मञ्जुरी विना गरिएको निर्णय अस्वीकार गर्छु' विज्ञप्तीमा भनिएको छ।

पदम बहादुर शाहीलाई टिकट दिएको प्रति कडा असतुष्टी जाहेर गरि पार्टी त्याग गरेका रावलले नेकपा बाजुराको अध्यक्ष पद मागेको र संभव नभएपछि उनी टाढिएको श्रोतको दाबी छ।

 

प्रकाशित: २० मंसिर २०७५ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App