१६ चैत्र २०८० शुक्रबार
राजनीति

संघीय फोरमको महाधिवेशन वैशाखमा

फाइल तस्बिर

काठमाडाैं - सत्तारुढ संघीय समाजवादी फोरम नेपालले आफ्नो महाधिवेशन वैशाखको अन्तिम साता गर्न प्रस्ताव गरेको छ।

काठमाडौंका तीनकुनेस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको राजनीतिक समितिको बैठकले केन्द्रीय महाधिवेशन २०७६ साल वैशाखको २८ र २९ गते प्रस्ताव गरेको हो। अध्यक्ष उपेन्द्र यादवले बैठकमा महाधिवेशन वैशाखमा गर्नका लागि प्रस्ताव राखेका थिए। महाधिवेशननका साथै अन्य राजनीतिक विषयहरूमा निर्णय गर्न राजनीतिक समितिले मंसिरको २२ गते ११ बजे केन्द्रीय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ। केन्द्रीय समितिको बैठक ललितपुरको बालकुमारीमा बस्नेछ।

केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशनका साथै सरकारमा पार्टीको समीक्षा, संविधान संशोधनको माग, प्रदेश कमिटीहरूकाे गठन, सदस्यता नवीकरण लगायतका एजेण्डा राजनीतिक समितिले तय गरेको संघीय फोरमले जनाएको छ। राजनीतिक समितिको बैठकमा अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले सरकारमा हालसम्म पार्टीका तर्फबाट भए गरेका काम र निर्णयहरूका विषयमा जानकारी गराएका थिए।

प्रकाशित: २० मंसिर २०७५ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App