८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्री निवास भैंसेपाटी सारिने

काठमाडौं-  सरकारले मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीमा आवास बनाउने भएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख मुख्यमन्त्री र मन्त्रीहरुका लागि भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा क्वाटर बनाउने निर्णय गरेको सूचना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए।

त्यहाँ मन्त्रीहरुका लागि २७ वटा आवास बनाइनेछ। प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयका १४ वटा भवन बन्नेछन्।

वर्तमान मन्त्री निवासलाई अतिथि भवनको रुपमा प्रयोगमा ल्याइने छ। अहिले मन्त्री निवास पुल्चोकमा रहेको छ।

 

प्रकाशित: २० मंसिर २०७५ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App