२७ श्रावण २०७७ मंगलबार
राजनीति

अपडेट निर्मला हत्या प्रकरण : एक जना स‌ंदिग्धको बयान आइजीपी खनाल स्वयंले लिंदै

काठमाडौं– निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप ७ जनामाथि अनुसन्धान गरेको छ। जसमध्ये १ जनाको डिएनए परीक्षण समेत गरिएको छ। पछिल्लो पटक डिएनए परीक्षण गरिएका व्यक्ति प्रदिप रावल हुन्। उनलाई सोमवार सिआइबीले नियन्त्रणमा लिएको थियो। उनको डिएनए रिपोर्ट आएको छैन। रावलको बयान लिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बुधवार राती सिआइबी पुगेका छन्।

रावल साउन ११ गते भारत मामाघर गएर नेपाल फर्केका थिए। उनलाइ सिआइबीको तत्कालिन अनुसन्धान टोलीका डिएसपी अंगुर जिसीले पक्राउ गरी केही दिन हिरासतमा लिएर छोडेका थिए।

एक हप्ता कञ्चनपुरबाट ७ जनालाई अनुसन्धानमा ल्याउँदा रावललाई पनि ल्याइएको थियो। अस्ती सोमवार देखि रावललाई हिरासतमा राखिएको थियो। रावल लागू ‌औषध प्रयोगकर्ता हुन्।

निर्मला हत्या प्रकरणलाई लिएर आज बुधवार गृहमन्त्री, गृहसचिव,  प्रहरी महानिरीक्षक र गृहमन्त्रीका सल्लाहकारबीच गंभिर छलफल भएको थियो।

कञ्चनपुरबाट ल्याएका ७ मध्ये ६ जनालार्इ अनुसन्धानपछि घटनामा संलग्नता नदेखिएकाले छाेडिएकाे सिआइबी स्रोतले बतायो। बाँकी एक जनाको डिएनए परीक्षण गरी हिरासतमा राखिएको छ। उनकाे डिएनएलार्इ निर्मलाको भेजिनल स्वाबसँग म्याच गराइनेछ। 

विभिन्न सञ्चारमाध्यममा निर्मला हत्या प्रकरणमा उपत्यकाबाट एक पक्राउ भनेर समाचार आइरहेका बेला सिआइबी स्रोतले नागरिकन्यूजसँग घटनाको अनुसन्धानका लागि शकांस्पद ७ जना कञ्चनपुरबाट ल्याइएको र ६ जनालाई अनुसन्धान गरेर छाेडेको तथा १ जना हिरासतमा रहेको जानकारी दिएको हो।  

प्रकाशित: १९ मंसिर २०७५ २२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App