४ वैशाख २०८१ मंगलबार
राजनीति

निर्मलाका हत्यारालाई केही दिनमै बाहिर ल्याएर कारबाही गर्छाैंः प्रवक्ता विश्वकर्मा

कालिकोट– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बलात्कारी र भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन्।

गृहजिल्ला कालिकोट पुगेका नेता विकले देशमा भ्रष्टाचारले सीमा नाघेकाले अब पार्टीले कारवाहीको निशाना तयार गरेको दाबी गरे। सदरमुकाम मान्ममा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘अब त अति भो, गाउँमा आएको सिंहदरबारको नालीवेली बाहिर ल्याउछौं।’ पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका विश्वकर्माले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई केही दिनमै आफूहरुले बाहिर ल्याएर कारबाही गर्ने समेत बताए। 

निर्मलाको घटनामा संलग्न अपराधीलाई सरकारले चार महिनासम्म संरक्षण गरेको उनले आरोप लगाए। उनले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले अब पनि कारबाही गर्न नसक्ने बताउँदै केही समय अगाडि चर्चामा आएको सुन काण्डजस्तै निर्मलाको घटना पनि त्यसै गरी मिलाउने प्रयास भइरहेको आरोप लगाए।

निर्मलाको परिवारलाई न्याय दिनका लागि आफूहरुले पहल सुरु गरिसकेको उनको दाबी छ। निर्मला हत्या प्रकरण सम्पूर्ण नेपाली चेलीको अस्तित्वसँग जोडिएको बताउँदै उनले राज्यले संरक्षण गरेका चेलीको अस्मिता लुट्ने अपराधीलाई तह लगाउने दाबी गरे।  

शक्ति प्रर्दशनको तयारी 

नेकपाको बुधबार जिल्ला सदरमुकाम मान्ममा आमसभालाई सम्वोधन गर्न विश्वकर्मा गृह जिल्ला आइपुगेका हुन्। जिल्लाका ९ वटै स्थानीय तहबाट सयौँ नेता कार्यकर्ताको सदरमुकाममा भिड लागेको छ। ५ हजारभन्दा धेरै कार्यकता, नेता र जनताको सहभागिता रहने नेकपाले जनाएको छ। आमसभामा लागि सामाना कलाकारको समेत सहभागिता रहेको छ। जिल्लाको सुरक्षा व्यवस्था प्रहरीले कडा बनाएको छ। जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरीको गुल्म कालिकोटले छुट्टा–छुट्टै हतियारसहितका गस्ती परिचालन गरेको छ। स्थानीय प्रशासनले विप्लवको आमसभालाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको हो।

प्रकाशित: १८ मंसिर २०७५ १५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App