६ वैशाख २०८१ बिहीबार
राजनीति

लामो दुरीको यातायातका साधनमा निर्मलाको पोस्टर (फोटो फिचर)

काठमाडौं– कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा लामो दुरीका यातायातका साधनमा टाँसिएको छ। 

काठमाडौंदेखि पश्चिम महाकालीसम्म चल्ने बसमा सोमवार युवाहरुको समूहले निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो न्याय भेटिएन’ उल्लेख गरिएको पोस्टर टाँसेका हुन्। 

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर भएको पोस्टर सहरभरीका पोलपोलमा टाँसिएको भोलिपल्ट युवाहरुले निर्मलाको तस्बिरसहितको पोस्टर टाँस्दा प्रहरीले च्यातेको थियो। जसको चर्काे विरोध भइरहेको छ भने पोस्टर लगाउने क्रम देशभरी बढिरहेको छ। 

प्रहरीले काठमाडौंमा पोस्टर च्यात्दा महेन्द्रनगरमा निर्मला दिदीसहित स्थानीयले सहरभरी पोस्टर टाँसेका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App