९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

संवैधानिक परिषदकाे बैठकः भावी प्रधान न्यायाधीशकाे टुंगाे लागेन

काठमाडौ– सर्वेाच्च अदालतका प्रधान न्यायाधीशको नाम सिफारिस गर्नका लागि आज बसेको संवैधानिक परिषद्को बैठक विना निश्कर्ष टुंगिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसे पनि थप अध्ययन गर्नुपर्ने भन्दै बैठक स्थगित भएको हो।

न्याय परिषद् सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले न्याय परिषद्ले गरेको सिफारिसबारे थप अध्ययन गर्नु पर्ने भएकाले आज बैठकले कुनै निर्णय नलिएको जानकारी दिए।

गत साता न्याय परिषद्ले रिक्त हुन लागेको प्रधानन्याधीश पदका लागि सर्वाेच्चका वरिष्ठतम न्यायधीशहरू दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको थियो।

प्रधान न्यायधीश ओमप्रकाश मिश्रको अवकाश मिति नजिकिँदै जाँदा न्याय परिषद्ले नयाँ नाम सिफारिस गरेको हो। उक्त सिफारिसमाथि अध्ययन गरी परिषदले एक जनालाई प्रधान न्यायधीशमा सिफारिस गर्दछ। 
आजको बैठकले कुनै निर्णय लिन नसकेपछि अर्को बैठक यही मंसिर २२ गते बस्ने तय भएको जनाइएको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधान न्यायधीश, प्रमूख प्रतिपक्षी दलका नेता, प्रतिनिधि सभाका सभामूख र राष्ट्रिय सभाका अध्यक्ष र कानुनमन्त्री पदेन सदस्य रहन्छन्।

 

प्रकाशित: १७ मंसिर २०७५ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App