coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

खाँणकाे प्रश्न : पीडितलार्इ न्याय नै दिलाउन नसक्ने पनि सरकार हुन्छ?

फाइल तस्बिर

बुटवल - नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले ओली सरकार पूर्ण रुपमा असफल भएको दावी गरेका छन्। रुपन्देहीको गजेडीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता खाँणले लोकतन्त्रको मुल आधारसिला जनतालार्इ अधिकार सम्पन्न बनाउनु भएपनि वर्तमान सरकारले जनताका अधिकार रक्षा गर्न नसक्दा जनविश्वास गुमाउँदै गएको बताएका छन्।

नेपाली कांग्रेस तिलोत्तमा १६ ले गरेको कार्यक्रमलार्इ सम्बोधन गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता खाँणले दैनिक सरदर ६ जना महिला तथा बालबालिका यौन हिंसामा परीरहँदा सरकारले त्यसलार्इ रोक्न र अपराधीलार्इ पक्राउ गर्न नसकेको भन्दै जनतालाइ सुरक्षाको प्रत्याभुती दिलाउन नसक्ने सरकार खोक्रा नारा र  भाषणमा  सिमित भएको आरोप लगाए। "दिनदाहाडै बालबालिका तथा व्यक्ति हत्याका घटना भइरहेका छन्। महिला तथा बालिका बलात्कृत भइरहदा अपराधी पक्राउ पर्दैनन्", उनले भने, "अपराधीलार्इ कारबाही र पीडितलार्इ न्याय नै दिलाउन नसक्ने पनि सरकार हुन्छ।"

सरकारले संघीयता र लोकतन्त्रको खिलाफमा काम गरीरहेको भन्दै उनले स्थानीय तह र प्रदेश सरकारकालाइ अधिकार हस्तान्तरण नगरेर सरकार निरकुंश बन्दै गएको आरोप समेत लगाए। शिक्षक, किसान, प्राध्यापक सबै क्षेत्र आफ्ना अधिकारकालागि सडकमा ओर्लीनु पर्ने र जनता न्यायबाट विमुख हुनुपर्ने अवस्था आउनु नै सरकारको निरंकुशता र असफलताको प्रमाण भएको उनले बताए। कांग्रेस कमजोर हुँदा संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता र जनता कमजोर हुने भन्दै नेता खाँणले पार्टीलाइ बलियो बनाएर अगाडी बढ्ने अभियानमा लागेकाले निराश नहुन नेता तथा कार्यकर्तालार्इ आग्रह गरे। 

 

प्रकाशित: १५ मंसिर २०७५ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App