coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पार्टी सभापतिको कार्यशैलीले कांग्रेस गम्भीर संकटमा : नेता सिंह

फाइल फाेटाे

धादिङ – नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिको कार्यशैलीका कारण नेपाली कांग्रेस गम्भीर संकटमा फसेको बताएका छन्। धादिङको घाटवेसीमा सुरु भएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता सिंहले कुनै एकजनाको सनकको भरमा पार्टीलाई डुबाउन नहुने बताए।

वर्तमान नेतृत्वमा असक्षमताले गर्दा नेपाली कांग्रेसले सबै ठाउँमा पराजय बेहोर्नुपरेको बताए। ‘पार्टी अब सभापतिको कार्यशैलीले चल्दैन’, सिंहले भने, ‘देशमा कम्युनिष्टको रजगज बढेको बेलामा नेपाली कांग्रेसको उर्जा कम्युनिष्ट विरुद्ध खर्च गर्नुपर्ने थियो तर बिडम्वना आफ्नै पार्टी विरुद्ध उर्जा खर्च गर्नुपरेको छ।’ पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर निकै समय टिप्पणी गरेका नेता सिंहले पार्टी नेतृत्वले समयमा आफूलाई नसच्याए कांग्रेसले झनै ठूलो क्षति बेहोर्नुपर्ने बताए।

पार्टीलाई विधान अनुसार पनि चलाउन नसक्ने अनि विधान अनुसार काम गरेन भनेर आलोचना गर्दा पार्टी फुटाउन लागेको भन्ने आरोप लगाउनु दुःखद् रहेको बताए। ‘नेतृत्वको समर्थन गर्दा विधान बमोजिम हुने, अनि नेतृत्वको आलोचना गर्दा विधान बाहिर हुने प्रवृत्ति कांग्रेसभित्र छ,’ सिंहले भने, ‘जसले कांग्रेसलाई थप कमजोर बनाएको छ।’

देशभरका अधिकांश जिल्लाका कोषाध्यक्षहरू उपस्थित भएको बेलामा बोल्दै नेता सिंहले सबै जिल्लाका कोषाध्यक्षलाई अब नेतृत्वको विकल्प खोज्नको लागि तयारी रहन घुमाउरो पारामा आग्रह गरे। हरेक क्रान्ती र परिवर्तन नेपाली कांग्रेसकै पालामा भएकाले सामाजिक सुरक्षा ऐन पनि कांग्रेसकै पालामा बनेको नेता सिंहले बताए। अहिले आफूले काम गरेको जस लिनको लागि नै सामाजिक सुरक्षा ऐनको तडक भडक बढी गरेको आरोप लगाए।

दुई तिहाइको सरकार भएपनि सरकारको काम गराइ दुई तिहाइ बहुमतवाला नभएको नेता सिंहले बताए। सिण्डिकेट, निर्मला काण्ड लगायतको कुरा गर्दै वर्तमान सरकारले धेरै ठाउँमा हात हालेपनि सबैठाउँमा लात खाएर फर्कनुपरेकाले २ तिहाइको दम्भ मात्रै देखाएको बताए।

‘पार्टीलाइ विधान अनुसार पनि चलाउन नसक्ने अनि विधान अनुसार काम गरेन भनेर आलोचना गर्दा पार्टी फुटाउन लाग्ने’, सिंहले भने, ‘नेतृत्वको समर्थन गर्दा विधान बमोजिम हुने, अनि नेतृत्वको आलोचना गर्दा विधान बाहिर कसरी हुन्छ ?’ दुई दिनसम्म सञ्चालन हुने कोषाध्यक्ष भेलाले कांग्रेसको महाधिवेशन बैठकले कांग्रेसलाई नयाँ उर्जा दिनुपर्ने अधिकांश कोषाध्यक्षले बताएका छन्। कांग्रेसभित्र मौलाउँदो गुटले कांग्रेसलाई गम्भीर मोडमा पुर्याएकाले अब नयाँ शिराबाट कांग्रेस अगाडि बढ्नुपर्ने विषयमा छलफल भएको कांग्रेस धादिङका कोषाध्यष बाबुकृष्ण सापकोटाले बताए।

 

प्रकाशित: १४ मंसिर २०७५ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App