८ वैशाख २०८१ शनिबार
राजनीति

प्रहरीले च्यात्याे निर्मला पन्तका पोष्टर, पोष्टरिङ नगर्न निर्देशन

काठमाडौं– निर्मला पन्तका लागि न्यायको दबाव दिन राजधानीका विभिन्न स्थानमा टाँसिएका पोष्टर प्रहरीले हटाएको छ। 'सरकार त भेटियो, न्याय भेटिएन' लेखेर पन्तका तस्बिरयुक्त पोष्टर प्रहरीले हटाएको हो।

बुधबार राती एक युवा समूहले यस्ता पोष्टरहरु टाँसेका थिए। त्यही अभियानलाई निरन्तरता दिँदै अर्को युवा समूहले पोष्टरिङ गरेपछि १२ जनालाई प्रहरीले आज गिरफ्तार समेत गरेको थियो। महानगरीय प्रहरी बृत सिंहदरबारको टोलीले उनीहरुलाई राजधानीको माइतिघरबाट पक्राउ गरेको थियो। राजधानीमा एसिया प्रसान्त सम्मेलनका लागि आएर विदेशी राष्ट्रका प्रधानमन्त्रीलगायत अति विशिष्ट अथिति आएको समयमा यस्ता पोष्टरले नकारात्मक सन्देश जाने भन्दै प्रहरीले पोष्टर हटाउने काममा लागेको हो।

पक्राउ परेकी युवती भावना राउतका अनुसार माइतिघर क्षेत्रमा शान्तिपूर्वक पोष्टर टाँस्दै गर्दा प्रहरीले पोष्टर च्यात्दै उनीहरुलाई गिरफ्तार गरेको हो। शान्तिपूर्वक न्यायको आवाज उठाउनेक्रममा हामी १२ जनालाई प्रहरीले पोष्टर किन टाँसेको भन्दै गिरफ्तार गरेको हो, राउतले भनिन, बुधबार रातिको अभियानलाई निरन्तरता दिँदै न्यायको आवाज उठाउँदा हामी गिरफ्तारीमा पर्नु परेको हो।’पक्राउ परेकालाई युवालाई एसिया प्रसान्त सम्मेलन अवधिभर पोष्टर टाँस्नेलगायतका विरोधका कार्यक्रम नगर्न निर्देशन दिँदै अहिले साँझ हिरासत मुक्त गरेको छ।

र याे पनिः

ओलीको ‘नयाँ युग’लाई ‘निर्मलाका लागि न्याय’को चुनौती

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App