१९ श्रावण २०७७ सोमबार
राजनीति

मन्त्री बस्नेत र अमेरिकी राजदूत बेरीबीच भेट

काठमाडौं– नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्‍याण्डी बेरीले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग सोमबार शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै जलवायु परिवर्तन तथा विकास र जैविक वविधता संरक्षणका विषयमा छलफल भएको बस्नेतको सचिवालयले जानकारी दियो। उनीहरुबीच अमेरिकी सहयोगमा नेपालमा सञ्चालित हरियो वन, पानीको स्रोत व्यवस्थापन र वातावरणीय प्रदूषण नियन्त्रणजस्ता कार्यक्रमलाई निरन्तरता दिनेबारे समझदारी कायम भएको छ। त्यस क्रममा मन्त्री बस्नेतले नेपालको ४४ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको उल्लेख गर्दै आफ्नो मन्त्रालयले वन क्षेत्रको बहुआयामिक उपयोगमार्फत रोजगारीको सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान दिने खालका कार्यक्रमलाई प्राथमिकताका साथ अघि सारेको बताए। त्यस्ता कार्यक्रम संघ, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र र समुदायको प्रत्यक्ष सहभागितामा आधारित हुने मन्त्री बस्नेतले स्पष्ट पारे।

राजदूत बेरीले नेपालमा बाघको संख्या दोब्बर पारेको र एक सिंगे गैंडाको चोरी निकासी शून्यमा झारेकामा नेपालको प्रशंसा गरे। उनले प्राकृतिक साधन श्रोत र वातावरण र विकासबीच संरक्षण र उपयोग  सन्तुलनकारी बाटो अबलम्बन गर्न सुझाव दिए। राजदूत बेरीले नेपालमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको दुई तिहाईको सरकार जनताको विकासका चाहना पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गरे।

 

प्रकाशित: १० मंसिर २०७५ १६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App