१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

शिखर सम्मेलनका लागि मुख्यमन्त्री पौडेल कतार प्रस्थान

मकवानपुर– तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कतारमा हुने ‘वन बेल्ट वन रोड’ शिखर सम्मेलनमा सहभागी हुन कतार प्रस्थान गरेका छन्। कतारका अर्थमन्त्री अहमद विन जसिम विन मोहमद अल्थानीको निमन्त्रणामा उनी त्यसतर्फ लागेका हुन्। मुख्यमन्त्री पौडेलसंगै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल पनि ४ दिने भ्रमणमा गएका छन्।

संसारलाई स्थल मार्गबाट जोडिन ‘वन बेल्ट वन रोड’ को भुमिका महत्वपूर्ण हुने मुख्यमन्त्री पौडेलले बताए। स्थलमार्गसँग जोडिएपछि नेपालको पर्यटन प्रबर्द्धनमा उल्लेख्य टेवा पुग्ने उनले दाबी गरे।

कतार र चीनको राजनीतिक सम्बन्ध स्थापना भएको ३० औं बर्षको अवसरमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पौडेल र मन्त्री नेपाल सहभागी हुनेछन्  उद्यमी र विशेषज्ञहरुलाई सबै उद्यमहरुसंग साँस्कृतिक संचार, आर्थिक र व्यापार सहयोग कसरी बढाउने भन्ने विषयमा सम्मेलनमा छलफल हुने मुख्यमन्त्री पौडेलले बताए। विश्वभरबाट ४ सय भन्दा धेरै सरकारी अधिकारी, वक्ताहरु, विशेषज्ञहरू कार्यक्रममा सहभागी हुने छन्।

सम्मेलनमा नेपाल, कतारसँगै संयुक्त राज्य, बेलायत, दक्षिण अफ्रीका, टर्की, ओमान, कुवेत, लाओस, स्पेन, सिंगापुर लगायतका प्रतिनिधिहरु सहभागि हुनेछन्। मुख्यमन्त्री पौडेल र मन्त्री नेपाल मंसिर १३ गते नेपाल फर्किने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०७५ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App