१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेकपाका सांसद भन्छन्ः राष्ट्रपतिको सुरक्षाका लागि ‘बुलेट प्रुफ’ गाडी चाहिन्छ

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्।

राष्ट्रपति तथा प्रधानमन्त्रीको जीवनस्तर सामान्य होस भन्ने जनताको चाहना हुनु स्वभाविक भएको उनको प्रतिक्रिया छ। तर, सुरक्षाको हिसाबले ‘बुलेट–प्रुफ’ गाडी चाहिनु पनि अस्वभाविक नभएको नेता पौडेलले जिकिर गरे।

आइतबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता पौडेलले प्रभावकारी र लोकप्रिय काम सरकारबाट नभएको भन्दै अब कामले गति लिने विश्वास दिलाए। ‘प्रधानमन्त्रीले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर कार्यप्रगतिको समिक्षा गर्नुभएको छ, अब गति लिनेमा विश्वस्त छुँ’, उनले भने।

सांसद पौडेलले सरकारका विषयमा उठेका आलोचना र खबरदारीलाई गम्भीर रुपमा समीक्षा गर्नुपर्ने बताउँदै राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति पनि सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए।

राष्ट्रपति तथा प्रधानमन्त्रीको जीवनस्तर सामान्य होस भन्ने जनताको चाहना हुनु स्वभाविक भएको उनको प्रतिक्रिया छ। तर, सुरक्षाको हिसाबले ‘बुलेट–प्रुफ’ गाडी चाहिनु पनि अस्वभाविक नभएको नेता पौडेलले जिकिर गरे। उनले भने, ‘जनताको खबरदारीलाई सहजताका साथ लिनुपर्छ । तर, अहिले १८ करोडमा एउटामात्रै गाडी किन्ने कुरा भएको होइन, ग्रुपमा गाडी किन्न लागिएको हो।’

प्रकाशित: ९ मंसिर २०७५ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App