३० असार २०७७ मंगलबार
राजनीति

भृकुटीमण्डपमा विप्लव माओवादीको सभा सुरु

काठमाडौं-  नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को जनसभा सुरु भएकोछ। राजधानीको भृकुटीमण्डपमा भएको जनसभालाई पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्माले सम्वोधन गर्ने कार्यक्रम छ। पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो।

यस अघि कार्यक्रमलाई पार्टीका महासचिव चन्दले शान्ति बाटिकामा सम्वोधन गर्ने भनिएको थियो। तर अन्तिम समयमा चन्दको सट्टा विकले सम्वोधन गर्ने भएका हुन्। यस्तै सभास्थल समेत परिवर्तन गरिएको हो।

कार्यक्रममा सामना सांस्कृतिक परिवारले सांगीतिक प्रस्तुति दिएको छ। सभा हुन अघि राजधानीका विभिन्न स्थानबाट जुलुश निकालिएको थियो। कार्यक्रमको सञ्चालन नेतृ उमा भुजेलले गरिरहेकी छन्।

प्रकाशित: ८ मंसिर २०७५ १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App