१६ चैत्र २०८० शुक्रबार
राजनीति

राजपा संयोजकमा महतो

काठमाडाैं- राष्ट्रिय जनता पार्टी (राजपा) ले चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन्।

पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले उनलाई संयोजक चयन गरेको हो। बैठकले पार्टीको विधानलाई सङ्घीय प्रणालीमा लैजाने, साधारण सदस्यता वितरणको समयावधि एक महीना थप्ने, एकीकरणपछिको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक ठह-याउँदै पार्टी सङ्गठनमा भएका सबै नियुक्ति र मनोनयनलाई खारेज गर्ने निर्णय गरेको संयोजक महतोले जानकारी दिए। 

उनले अगामी आइतबार बस्ने बैठकमा सरकारलाई दिएको समर्थनका विषयमा के गर्ने भन्ने विषयमाथि छलफल हुने जानकारी दिए। यसअघि राजपाको अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुर थिए। 

प्रकाशित: ५ मंसिर २०७५ ००:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App