१६ चैत्र २०८० शुक्रबार
राजनीति

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा रेग्मी

सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोग गठन गरेको छ। मंगलवार विहान सम्पन्न मन्त्रीपरिषद वैठकले

योजना आयोगको उपाध्यक्षमा दैलेखका डा.पुण्य रेग्मी, सदस्यहरुमा हुम्लाका डा.दिपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनयन गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता एवं भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्। 

त्यसैगरि योजना आयोगको पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था रहेको छ। प्रदेश मुख्यमन्त्री योजना आयोगको अध्यक्ष रहन्छन्। 

योजना आयोगका उपाध्यक्षलाई प्रदेश राज्यमन्त्री सरहको र सदस्यहरुलाई प्रदेश सभा सदस्य सरहको सेवा सुविधा दिने निर्णय पनि मन्त्रीपरिषद वैठकले गरेको प्रवक्ता केसीले जानकारी दिइन्।

आयोगको उपाध्यक्ष मनोनयन भएका डा. पुण्य रेग्मी कृषि क्षेत्रका विज्ञ हुन्। भरतपुरको रामपुर क्याम्पसमा ३० वर्ष कृषि अर्थशास्त्र विषयको प्रध्यापन गरेका रेग्मीले योजना र विकासमा पिएचडि गरेका छन्। 

उनले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षका रुपमा समेत काम गरेका थिए।

प्रकाशित: ४ मंसिर २०७५ ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App