coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपाका नेताको कार्यालय अब एकै ठाउँमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणपछि पनि अलगअलग रहदैँ आएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलको कार्यालय एकै ठाउँमा हुने भएको छ । एमाले र माओवादी एकता प्रक्रिया ६ महिनाभन्दा बढी भइसक्दा पनि अलगअलग रहँदै आएका तत्कालीन पार्टीका दलका कार्यालय एकै ठाउँमा ल्याउन लागिएको हो।

संघीय संसद् सचिवालयले पुरानो एमालेको कार्यालयमा दलका सबै नेताहरुलाई व्यवस्थापन गर्ने कार्य सुरु भएको उपनेता सुवासचन्द्र नेम्बाङले बताए । ‘अब अलगअलग स्थानमा कार्यालय हुँदैन, सबै कार्यालय एकै ठाउँमा हुनेछन्, त्यसका लागि संसद् सचिवालयले काम सुरु गरिसकेको छ,’ नेम्वाङले भने।

उनका अनुसार संसदीय दलको नेता केपी शर्मा ओली, संसदीय दलको उपनेता सुवासचन्द्र नेम्बाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङ र सचेतक शान्ता चौधरीको कार्यालय तत्कालीन एमालेको कार्यालयमा रहनेछन् । यसअघि प्रमुख सचेतक संघीय संसद् सचिवालयको भवन नम्बर १ को चौथो तलामा नै रहँदै आएका थिए, कार्यालय समायोजनपछि गुरुङ पनि पुरानै एमालेको कार्यालयमा रहनेछन् । त्यसका लागि संसदीय दलको कार्यालयको पुनर्संरचना गर्ने कार्य सुरु गरिएको छ।

भिन्दाभिन्दै कार्यालय हुँदा तत्कालीन माओवादीका सांसदहरू माओवादी कार्यालयतर्फ नै जाने र एमालेका सांसद एमाले कार्यालयतर्फ जाने गर्दै आएका थिए । तर, एकैस्थानमा सबै नेताको कार्यालय हुने भएपछि पार्टी एकीकरणमा भावानात्मक र व्यावहारिक रूपमा सहज हुने नेम्बाङको भनाइ छ।

प्रकाशित: ३ मंसिर २०७५ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App