१५ चैत्र २०८० बिहीबार
राजनीति

वेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव  बैरागी कुटनीतिक भेटघाटमा व्यस्त

लण्डन - वेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव शंकरदास बैरागीले वेलायतस्थित भूपूगोर्खाहरुको समस्याको वारेमा छलफल गरेका छन्। नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार बैरागीले वेलायतका आर्म्ड फोर्सेस राज्यमन्त्री मार्क ल्यांकास्टरसंग बुधवार ल्यांकास्टर हाउसमा सो छलफल गरेका हुन्।

एक साता लामो वेलायत भ्रमणमा आएका बैरागीले यहाँस्थित सरकारी उच्चअधिकारीसंगको भेटघाटलाई तिब्रता दिएका छन्। नेपाली दूतावास लण्डनका अनुसार विभिन्न भेटघाटमा उनले द्विपक्षीय सम्बन्ध, नेपालको आर्थिक विकास, नेपालमा वेलायतको तर्फवाट उच्चस्तरीय भ्रमण, गोर्खा आन्दोलन, दोहोरो कर लगायतका अजेण्डामा छलफल गरेका थिए।

यस्तै सचिव बैरागीले एसिया तथा प्रशान्त क्षेत्रका राज्यमन्त्री मार्क फिल्डसंघ विहीवार भेट गरेका छन्। उच्च सरकारी अधिकारीसंगको भेटघाटमा वेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी तथा नेपालको लागि वेलायती राजदूत रिचर्ड मोरिस समेत सहभागी थिए। सचिव बैरागी आइतवार नेपाल फर्कने तयारीमा रहेकना नेपाली दूतावासले जनाएको छ।

प्रकाशित: १ मंसिर २०७५ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App