६ वैशाख २०८१ बिहीबार
राजनीति

समृद्धिका लागि चीनकाे सहयाेग अावश्यक : प्रधानमन्त्री अाेली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिल गर्न लक्ष्यमा सघाउन मित्र राष्ट्र चीनलार्इ अाग्रह गरेका छन्। नेपाल भ्रमणमा रहेका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढेकाेले त्यसमा साथ दिन चीनलार्इ अाग्रह गरे।

नेपाल र चीनबीचकाे सम्बन्ध प्रगाढ रहेकाे बताउँदै प्रधानमन्त्री अाेलीले आफूहरु हिमालको वारिपारि बसेका, एउटै हिमालको मूलको पानी खाएको उल्लेख गर्दै सहयोगको अपेक्षा व्यक्त गरेका प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बताए। भेटमा प्रधानमन्त्री अाेलीले अाफुहरु भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट समेत नजिक रहेकाे बताए।

यस्तै चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम सङ्ख्यामा नेपालमा चिनियाँ पर्यटक भित्र्याउने चीनको तयारी भएको बताए। गत वर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक ४८ प्रतिशतले वृद्धि भएको बताउँदै मन्त्री सुगाङले नेपालको परम्परागत र सांस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँ बढी आकर्षित भएका बताए।

प्रकाशित: २८ कार्तिक २०७५ ०९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App