८ वैशाख २०८१ शनिबार
राजनीति

‘ल्यान्डलक्ड’को चाबी नेकपा सरकारले खोलिसक्यो, समृद्दि उर्लिदैछः दाहाल

काठमाडौ–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी र सरकारका कारण नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिएको बताएका छन्। विगतमा ल्याण्डलक्ड अझ इन्डियालक्ड रहँदै आएकामा अहिले ल्याण्डलिंक्ड बनिसकेको बताएका हुन्।

प्रदेश नं ५ को बुटवलमा आयोजित शुभकामना आदान प्रदान शभालाई संबोधन गर्दे दाहालले चिनिया बन्दरगाहमा नेपालको पहुँच, हवाई सेवा विस्तार, रेल सेवालगायत टेलिकम्युनिकेसन कनेक्टीभिटीले विकासको गति तीव्र हुन लागको बताए। 

‘हाम्रो(ओली, दाहाल) पनि जीवनको अन्तिम दशक हो की जस्तो लाग्छ, अवको जिवन विकासमा क्रान्तिकै लागि हो।’नेकपाले एतिहासिक अवसर पाएको छ, त्यो अवसर र जनताको विश्वास कुनै पनि हालतमा गुम्न दिनु हुँदैन।’–दाहाल

‘भारतबाट चीनबाट रेल आउन थाले सिमरामा त आइ पुग्न लाग्यो, पुर्व– पश्चिम, पोखरामा रेल आउने सानो कुरा हो यो ?’ उनले भने, ‘चारै तीर म देख्दै छु हेर्दा हेर्दै रेल कुद्छ। बाटा राम्रा चिल्ला बन्दैछन्, सुरुङ मार्गहरु तयार हुँदैछन्। 

संविधानले तोकेको सिमा भित्रै मौलिकहक कार्यान्वयन लगायतका विभिन्न कानुन बनाएर मानव विकास तथा आर्थिक विकासका लागि आधार तयार गरिएको भन्दै तीनकै आधारमा विकास प्राप्त गरिने उनले बताए।

सरकारका काम हरुको प्रचार भन्दा धेरै ‘विपक्षी(प्रतिक्रियाबादी)को हल्ला’ धेरै भएको भन्दै दाहालले अवको पाँच वर्षमा नेपालमा आवश्यक सबैखाले न्युनतम पूर्वाधार बनिसक्ने र अर्को ५ वर्षमा एसियाली मापदण्डभन्दा माथि नै पुग्ने दाबी गरे। 

’नयाँ परिवेश कतिपय कर्मचारीले आत्मसात नगरेकोको जस्तो देखिएको छ, राजनीतिक नेतृत्वले बुझाउनु पर्छ। बुझनै नखोजेमा त्यस्तालाई फाल्नै पर्छ।’–दाहाल

 इतिहासको लामो समय राजनीतिकै चरण हरुमा गुज्रिदा विकास ओझेलमा परेको जिकिर गर्दे दाहालले अब विकास भन्दा कुनै एजेण्डा नै वाँकी नरहेको बताए। ‘नेकपाले एतिहासिक अवसर पाएको छ, त्यो अवसर र जनताको विश्वास कुनै पनि हालतमा गुम्न दिनु हुँदैन,’ दाहालले भने, ‘हाम्रो(ओली, दाहाल) पनि जीवनको अन्तिम दशक हो की जस्तो लाग्छ, अवको जिवन विकासमा क्रान्तिकै लागि हो।’

कम्युनिष्ट सरकारले विकासमा क्रान्ती नल्याए देश नै ध्वंश हुने खतरा रहेको दाबी उनले गरेका थिए। राजनीतिक इच्छशक्ति र संघीयताको उदेश्य प्राप्तिमा कतै कतै कर्मचारीतन्त्र अलमलिएको जस्तो देखिएको भन्दै दाहालले कर्मचारी तन्त्रलाई पनि नयाँ परिवेश बुझाउन जरुरी रहेको औल्याए।‘ नयाँ परिवेश कतिपय कर्मचारीले आत्मसात नगरेकोको जस्तो देखिएको छ, राजनीतिक नेतृत्वले बुझाउनु पर्छ,’ दाहालले भने, बुझनै नखोजेमा त्यस्तालाई फाल्नै पर्छ।’

कार्यक्रममा  प्रदेश ५का मुख्य मन्त्री शंकर पोखरेलले सो प्रदेशका विकासका संभावनाका क्षेत्र र सरकारका कार्ययोजना बारे जानकारी गराएका थिए। कार्यक्रममा नेकपाका महासचिब विष्णु पौडेल, नेता टोपबहादुर रायमाझीलगायत नेता कार्यकर्ताको उपस्थिति थियो। 

  

प्रकाशित: १७ कार्तिक २०७५ ११:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App