१६ चैत्र २०८० शुक्रबार
राजनीति

पार्टीलाई एक ढिक्का नबनाई विश्राम लिन्नः सभापति देउवा

फाइल तस्बिर

काठमाडौं– पार्टीको एक खेमा आगामी मंसिरमा हुने महाधिवेशनबाट पाखा लगाउने तयारी गरिरहेका बेला नेपाली काग्रेंसका सभापति शेरबहादुर देउवाले भने पार्टीलाई एक ढिक्का नबनाएसम्म आपूmले विश्राम नलिने बताएका छन्।  

दसैं, तिहार, छठ तथा नेपाल संवतको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न कांग्रेस काठमाडौ महानगरपालिका–४ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा देउवाले आगामी निवार्चनमा पार्टीलाई पहिलो नम्बरमा ल्याउने दाबीसमेत गरे। ‘तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि नेपाली काग्रेंस पार्टीको सिद्धान्तको विजय भएको छ,’ देउवाले भने,  ‘अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउन म निरन्तर लागि रहने छु र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिनेछु।’

देउवाले देश अहिले अप्ठ्यारो अवस्थामा रहेको भन्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको बताए।

कार्यक्रममा कांग्रेस महामन्त्री डा शशांक कोइरालाले कांग्रेस एक ढिक्का भई निर्वाचनमा गएमा अर्को पटक काङ्ग्रेसले निर्वाचन जित्ने बताए। ‘ गएको निर्वाचनमा पार्टी भित्रको गुट उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको हो, उनले भने, ‘कांग्रेस एक ढिक्का भई निर्वाचनमा गएमा अर्को पटक कांग्रेस पहिलो हुनेछ।’

प्रकाशित: १७ कार्तिक २०७५ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App