७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुस्कुराउँदै डिस्चार्ज भए प्रधानमन्त्री ओली (फाेटाे फिचर)

तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। छातीमा संक्रमण र रगतमा चिनीको मात्रा असन्तुलन भएपछि सोमवारदेखि उपचाररत प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रवार साँझ डिस्चार्ज गरेको हो।

अाेली मुस्कुराउँदै अस्पतालबाट बाहिरिएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री डिस्चार्ज भएको बताए। अाेली अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार प्रवेश गरेका छन्। 

ओलीलाई सुरुमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। पछि मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखेर उपचार गरिएको थियो।

दसैंलगत्तै बिरामी परेका प्रधानमन्त्री ओलीलाई आइतबार राति श्वासप्रश्वासमा समस्या भएपछि निजी चिकित्सकको सल्लाहअनुसार सोमबार बिहानै अस्पतालमा भर्ना गरिएको थियो।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमी, डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थियो। 

तस्बिर : दिपेश श्रेष्ठ
तस्बिर : दिपेश श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App