२३ श्रावण २०७७ शुक्रबार
राजनीति

सुवास निरौलालाई हिरासतमा नराख्न सर्वाेच्चको आदेश

काठमाडौं– सर्वाेच्च अदालतले भ्रष्टाचार मुद्दामा ७ वर्ष जेल सजायँ पाएका पर्यटन बोर्डका पूर्वनिर्देशक सुवास निरौलालाई हिरासतमा नराख्न आदेश दिएको छ। यससँगै निरौलाले अब हिरासत बाहिरबाटै भ्रष्टाचार मुद्दामा पुनरावेदन गर्न पाउने भएका छन्।

बुधवार प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले निरौलालाई हिरासत बाहिरै रहेर मुद्दा पुनरावेदन गर्न पाउने आदेश दिएको हो।

भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार रुपैयाँ बिगो, ५४ लाख ५९ हजार रुपैयाँ जरिवाना सुनाएको थियो। 

प्रकाशित: १४ कार्तिक २०७५ १९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App