२३ श्रावण २०७७ शुक्रबार
राजनीति

बिपीको ध्वस्त शालिक १७ वर्षपछि पुननिर्माण

खोटाङ – खोटाङको चिसापानीस्थित बिपी कोइरालाको शालिक ध्वस्त बनाइएको १७ वर्षपछि पुन अनावरण गरिएको छ। पूर्वी पहाडी जिल्लामा भूमीगतरुपमा शसस्त्र संघर्ष गर्दैआएको किरात जनवादी वर्कर्स पार्टीले २०५८ सालमा ध्वस्त बनाएको बिपीको शालिक पुननिर्माणपछि दोश्रोपल्ट अनावरण गरिएको हो। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारकोबीचमा बनाइएको शालिक कांग्रेस महामन्त्री डा. सशांक कोईराला र केन्द्रीय सदस्य प्रदीप पौडेलले मंगलबार अनावरण गरे।

२०५४ सालमा तत्कालिन पार्टी सभापति गिरीजाप्रसाद कोईरालाले शालिकको अनावरण गरेका थिए। बिपीको शालिक बनाएको गरिएको ४ वर्षपछि वर्कर्सका कार्यकर्ताले ध्वस्त बनाएका थिए।

प्रकाशित: १३ कार्तिक २०७५ १८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App