१५ चैत्र २०८० बिहीबार
राजनीति

नेकपाको चियापानमा देउवाले भने : मेलमिलाप र समृद्धिमा जानुपर्छ

काठमाडौं– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको बताएका छन्। 

विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले शनिवार राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले सो धारणा व्यक्त गरे। 

देश अब मेलमिलाप, एकता र समृद्धिमा जान लागेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उनले भने, “मेलमिलाप र समृद्धिमा जानुपर्छ, तर यो सबै कुरा सत्तापक्षको हातमा छ।”

प्रकाशित: १० कार्तिक २०७५ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App