coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

यस्तो रह्यो नेकपाको चियापान (फोटो फिचर)

तस्बिर : सुजन श्रेष्ठ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चियापान कार्यक्रमको आयोजना गरेको छ। विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा भृकुटीमण्डपमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको शुभारम्भ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुभारम्भ गरेका थिए। 

कार्यक्रमको शुभारम्भमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनालाई स्वागत गर्दै अध्यक्ष दाहालले चाडपर्वले एकताबद्ध बनाउने तथा त्यही एकताको बलमा समृद्धितर्फ डोर्याउने बताए। मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको भन्दै उनले समृद्धि र समाजवादको नयाँ युगको तयारीमा सांस्कृतिक कार्यक्रमको पनि विशेष महत्व रहने धारणा राखे। 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक आयोजित चियापानमा नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। चियापानमा चिया, टपरीमा लड्डु निम्की, केरा लगायत परिकारको व्यवस्था थियो। त्यस्तै, कलाकार राजा राजेन्द्रले उपस्थित पाहुनालाई हसाउने तथा विभिन्न गायकले गीत गाएर नचाएका थिए।

पाहुनालाई गेटमा नेकपाका दोस्रो तहका नेताले स्वागत गरेका थिए भने मञ्चमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा लगायतले नेता कार्यकर्तासँग शुभकामना आदानप्रदान गरेका थिए। नेता कार्यकर्ता लाइन लागेर नेताहरुसँग भेट गरेका थिए।

कार्यक्रममा आउनेहरुको लाइन गेटबाहिर सम्म थियो। नेकपाले कार्यक्रममा सोचेअनुसारको उपस्थिती भएको दाबी गरेको छ। 

यद्यपी स्वास्थ्य अवस्था ठिक नभएका कारण प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन्। जबकी प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर लगायत अन्य दलका नेताहरु कार्यक्रममा सहभागी भएका थिए।  

तस्बिर : सुजन श्रेष्ठ
तस्बिर : सुजन श्रेष्ठ
तस्बिर : सुजन श्रेष्ठ
तस्बिर : सुजन श्रेष्ठ
तस्बिर : सुजन श्रेष्ठ
तस्बिर : सुजन श्रेष्ठ
तस्बिर : सुजन श्रेष्ठ
तस्बिर : सुजन श्रेष्ठ
तस्बिर : सुजन श्रेष्ठ
तस्बिर : सुजन श्रेष्ठ
तस्बिर : सुजन श्रेष्ठ
तस्बिर : सुजन श्रेष्ठ
तस्बिर : सुजन श्रेष्ठ
तस्बिर : सुजन श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App