१६ चैत्र २०८० शुक्रबार
राजनीति

बुटवलबाट राजधानी सर्दैन : खाँण

रुपन्देही-  नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र सर्न नसक्ने बताएका छन्। उनले कुनै पनि शक्तिले स्थायी राजधानी बुटवलबाट अन्यत्र सार्न नसक्ने तर्क गरे। शनिबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खाँणले यस्तो कुरा बताएका हुन्। पूर्ववर्ती देउवा सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकेको र त्यसका लागि आफूले निकै ठूलो पहल गरेको दावी गरे। ‘बुटवलमा नै स्थायी राजधानी बन्छ यसमा आशंका गर्न पर्दैन’ उनले भने।

उनले दुई तिहाईको सरकारले काम गर्न नसकेको बताए। उनले कम्यूनिष्ट पार्टीकै भविष्य नरहेको टिप्पणी गरे। खाँणले द्धन्द्धान्तमक भौतिकवादको सिद्धान्त अनुसार आयु गणना सुरु भएको टिप्पणी गरे। ‘एकताको प्रक्रिया सकिएपछि एक दिन नेकपा विगठन भएरै जान्छ, जस्तै ढुंगा गिट्टी बालुवाको मिश्रण पछि घर बन्छ र अहिले नेकपाको घर बन्यो तर अब त्यहि घरको आयु घट्न शुरु भै सक्यो ।’ उनले सदाकै लागि नेपालमा सासन चलाउने  सपना नेकपालाई नदेख्न आग्रह गरे । उनले भने–‘नेकपा भित्र विगठनको प्रक्रिया सुरु भईसकेको छ, बुटवलमा आएर मैले बोलें, के कसरी भन्ने कुरा कम्युनिष्ट साथीहरुले एकपटक माक्र्ससिजम पढ्नुहोला।’

पछिल्लो समयमा सरकारले गर्दै आएको गतिविधि तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्याक्तिको कारण नै नेपालमा संघीयता धरापमा परेको उनको गुनासो छ । तर संघीयतालाई दिगोपना दिनको लागि नेपाली कांग्रेस लागि परेको उल्लेख गरे। सरकारले कर आतंक सृजना गर्ने कार्य वाहेक ठोस कार्य गर्न नसकेको नेता खँणको आरोप छ।

प्रकाशित: १० कार्तिक २०७५ १०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App