२२ जेष्ठ २०७७ बिहीबार
राजनीति

राष्ट्रप्रमुखकाे व्यवहार अापत्तिजनक : खाँण

फाइल तस्बिर

बुटवल - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका राष्ट्रपतिले दसैंको नाममा जनतालाइ जनावर जस्तो व्यवहार गरेको आरोप लगाएका छन। राजाका पालामा समेत टिका र आशिर्वादकै लागि जनतालाइ घुँडा टेक्न बाध्य नपारीएको भन्दै नेता खाँणले बहुमतको सरकार र  राष्ट्रप्रमुखले लोकतन्त्र र सहअस्तित्वलाइ मनबाटै स्विकार गर्न नसकेको बताए।

नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले शुक्रबार रुपन्देहीको मंगलापुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता खाँणले लोकतन्त्रको जमानामा जनतालाइ रैती सम्झने र सहअस्तित्वलाइ स्विकार नगर्नेलार्इ जनताले सधैभरी साथ नदिने दावी समेत गरे। ‘आफ्नो परिवारको मान्छे आए कुर्सी राखिदिने नभए झिकीदिने', खाँणले भने,‘पुर्व प्रधानन्यायाधिश,प्रधानसेनापति, प्रहरी महानिरीक्षक भएको मान्छेले घुँडा टेक्नु पर्ने, अप्ठेरो गरी झुकेर टिका लगाउनु पर्ने, एक जना महिला र सानो बालकलाइ घुँडा टेकाउने यो कस्तो खालको शासन व्यवस्था हाे?'

समानता र सहअस्तित्व स्विकार गर्न नसक्ने पार्टीबाट लोकतन्त्रको रक्षा र देशको समृद्धि संभव नहुँने उनले बताए। सरकारको सर्वसत्तावाद, अधिनायकवाद र निरङ्कुश चरित्र जनताले बुझिसकेकाले सरकारकाे लोकप्रियता घट्दै गएको नेता खाँणकाे दावी छ। नेता खाँणले अवको दश बर्षमा संसारका कुनैपनी देशमा कम्युनिष्ट शासन नरहने ठोकुवा गर्दै नेपालमा पनि कम्युनिष्ट शासन सत्ता स्थापित हुनै नसक्ने दावी गरे।
 

 

प्रकाशित: ९ कार्तिक २०७५ १८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App