१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीले कतारको भ्रमण गर्ने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने भएकी छन्।

परराष्ट्र मन्त्रालयले शुक्रवार राष्ट्रपति भण्डारीको भ्रमण तालिका सार्वजनिक गरेको छ। कतारका अमिर शेख तमीम विन हमाद अल थानीको निमन्त्रणामा कतार जान लागेकी राष्ट्रपति भण्डारीले कात्तिक १३ गते अमिरि दिवानमा कतारका अमिरसँग भेटवार्ता गर्नेछिन भने सोहि दिन कतारी अमिरले भण्डारीको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछिन्।  

राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका अध्यक्ष एवं सहसंस्थापक श्रीमती शिखा मोजा विन्ट नासरले शिष्टाचार भेट गर्नेछिन्। कात्तिक १३ गते नै राष्ट्रपति भण्डारीले नेपालमा व्यापार र लगानीको अवसर विषयमा त्यहाँको व्यापारिक समुदायलाई सम्बोधन गर्नेछिन्।

यसैगरी राष्ट्रपति भण्डारीले दोहास्थित नेपाली दुतावास र त्यहाँ रहेका नेपाली समुदायसँग भेट्ने कार्यक्रम पनि तय गरिएको छ। राष्ट्रपति भण्डारी दोहा पुग्दा नेपाली राजदूत रमेश प्रसाद कोइरालाले दूतावासको तर्फबाट कात्तिक १२ गते रात्रीभोजको आयोजना गर्नेछन्।

राष्ट्रपति भण्डारीका साथमा व्यापारिक प्रतिनिधिमण्डल पनि रहनेछ। भण्डारीको भ्रमण दलमा परराष्ट्र मन्त्री प्रदिप कुमार  ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागी एवं राष्ट्रपति कार्यालय र परराष्ट्रका अन्य अधिकारीहरु पनि सामेल हुने परराष्ट्र मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ९ कार्तिक २०७५ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App