७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्सपेक्टर भट्टले स्पष्टीकरण बुझाए

काठमाडाैं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक दिलीपसिंह बिष्ट र प्रहरी निरीक्षक भट्टको लिखित स्पष्टीकरण बुधवार गृह मन्त्रालयमा बुझाइएको छ। 

प्रहरी प्रधान कार्यालयले बिष्ट र भट्टको स्पष्टीकरण बुझाएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए। उनका अनुसार उक्त स्पष्टीकरणमाथि अध्ययन शुरु भएको र कानूनी प्रक्रिया पूरा गरेर त्यसबारे निर्णय लिइनेछ। 

मन्त्रालयका सहसचिव हरि मैनाली र तत्कालीन प्रहरी नायब महानिरीक्षक धिरु बस्नेतको संयोजकत्वमा गठित समितिले घटनाको स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो। 

प्रकाशित: ७ कार्तिक २०७५ १५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App