२७ श्रावण २०७७ मंगलबार
राजनीति

मन्त्रिमण्डल पुनर्गठन हुन्छ, प्रधानमन्त्री परिवर्तन हुँदैन् : नेता पौडेल

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट पारेका छन्। उनले भने, ‘अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ। तर, प्रधानमन्त्री परिवर्तन हुँदैन्।’

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले  सरकारको काम प्रभावकारिता हुन नसकेको भन्दै स्थायी समितिबाटै मन्त्री परिवर्तनबारे निर्णय हुने दाबी गरे। ‘अनुभवी टिम आवश्यक पर्यो भने मन्त्रिमण्डल पुनर्गठन हुन्छ। मन्त्रीहरुको जिम्मेवारी अदलीबदली हुन्छ’, उनले भने।

उनले मन्त्रीहरुले सुशासनलगायतका काममा तत्काल परिणाम देखाउनुपर्ने भएपनि त्यो देखाउन नसकेको गुनासो पोखे। 
वर्तमान सरकार सफल वा असफल, पास वा फेल भनेर भन्ने बेला अहिले नै भैनसकेको जिकिर गर्दै उनले भने, ‘सरकारको बारेमा समिक्षा गर्न कम्तिमा पनि ३ वर्ष कुर्नुपर्छ। आलोचना गर्ने बेला भएको छैन्। तर, अहिले सरकारका बारेमा भैरहेका आलोचनाहरु मननयोग्य छन्।’

सरकारको प्रभावकारिताबारे उठेका प्रश्नहरुबारे पार्टीले गम्भीर समिक्षा गर्ने बताउँदै उनले रेल, पानीजहाज, ठूला ठूला बाटाघाटाहरु भन्ने कुरा १२० दिनमै बन्न नसक्ने बताए। पौडेलले भने, ‘हामीले चमत्कार नै गर्छौं भनेका छैनौं। काठमाडौं हुँदै लुम्बिनीसम्म रेल पुर्याउँछौं, वीरगञ्ज हुँदै काठमाडौंसम्म पनि रेल ल्याउँछौं भनेका छौं। यो कार्यान्वयन गर्न केही समय लाग्छ।’

वर्तमान सरकार संविधान कार्यान्वयन गर्ने कुरामा पूर्ण प्रतिबद्ध रहेको पनि उनले सुनाए। 

पछिल्लो समय जनताका गुनासाहरु एकपछि अर्को बढ्दै गैरहेकोले सरकार र पार्टी दुवै यस विषयमा अलिक बढि नै गम्भीर बन्नुपर्ने र त्यही अनुसारको समिक्षा गर्नुपर्ने उनको धारणा छ। 

प्रकाशित: ६ कार्तिक २०७५ १६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App