८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार एक वर्षभित्र पानी जहाज चल्छ : मन्त्री महासेठ

धनुषा- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताएका छन्। जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा मंगलवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ।” 

प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने जनतासँग गरेको प्रतिबद्धता पनि आगामी एक वर्षभित्र पूरा हुने।

मन्त्री महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई मुख्य सडकसम्म जोड्ने र गाउँ गाउँलाई सदरमुकामसँग जोड्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी डिसेम्बरदेखि जयनगरदेखि जनकपुरसम्म रेल सेवा नियमित रुपमा सञ्चालन हुने र आगामी चार वर्षभित्र पूर्व पश्चिम रेल सञ्चालन हुने बताए। 

हुलाकी सडक निमार्णको कार्य पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने जनतासँग गरेको प्रतिबद्धता पनि आगामी एक वर्षभित्र पूरा हुने धारणा व्यक्त गरे। 

मधेशको अधिकारका लागि राजपा प्रतिबद्ध : भण्डारी 

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले मधेश र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। राजपा नेपालले मंगलवार जनकपुरमा आयोजना गरेको शुभकामना कार्यक्रममा उनले भने, “मधेशको हकअधिकार प्रवद्र्धनका लागि अहिले संविधान संशोधनका लागि दबाब दिनुपर्ने आवश्यक्ता छ।” नेता भण्डारीले मधेशी जनताको चाहना बमोजिम संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै यसको लागि सरकार आनाकानी गरिरहेको गुनासो गरे। 

प्रदेश नं २ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले मधेशको स्वाभिमान, सम्मान र अधिकारका लागि सबै एकजुट हुनुपर्ने बताए। 

कार्यक्रममा राजपाका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रियसभाका सदस्य वृषेशचन्द्र लाल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रीता झा, हंसपुर नगरपालिकाका उपप्रमसख रेणु झालगायतले मधेशलाई अधिकार सम्पन्न बनाउन राजनीतिक नेतृत्वले गम्भीर हुनुपर्नेमा जोड दिए। 

प्रकाशित: ३० आश्विन २०७५ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App