१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रदेश ५ ले शान्ति र समृद्धिको नेतृत्व गर्छः सभामुख घर्ती

रुपन्देही– प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश ५ ले शान्ति र समृद्धिको नेतृत्व गर्ने बताएका छन्। गणतन्त्र, संघीयता, लोकतन्त्र, शान्ति र समृद्धिका लागि विद्रोहको नेतृत्व गरेको प्रदेश र शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको प्रदेश भएकाले शान्ति र समृद्धिको नेतृत्व प्रदेश ५ ले गर्ने उनको भनाई छ। 

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको १९ अाैं वार्षिक साधारणसभा तथा १० अाैं अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै उनले भने, ‘पार्टी, व्यक्ति, विचार वा दलको मात्रै विचार नभई सबैको साझा दस्ताबेजको रुपमा आएको संविधान र आवश्यक कानुनहरु निर्माणको प्रक्रियामा रहेको छौं।’

आफूहरु साझा दस्ताबेजलाई सफल बनाउने अभियानमा रहेको समेत उनले बताए। घर्तीले देशलाई शान्ति र समृद्धिको बाटोमा हिडाउन बिगतमा पनि शान्ति समाजले भूमिका निर्वाह गरेको स्मरण गरे। यो प्रदेशवाट शान्ति र समृद्धिको सन्देश दिनुपर्ने उनको भनाई छ। 

गणतन्त्र, संघीयता, लोकतन्त्र, शान्ति र समृद्धिका लागि विद्रोहको नेतृत्व गरेको प्रदेश र शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको प्रदेश पनि भएको चर्चा गर्दै घर्तीले अब शान्ति र समृद्धिको महाअभियानको नेतृत्व पनि यसै प्रदेशले गर्ने धारणा राखे।

नागरिक सुखी र समृद्धि नभएसम्म शान्तिको परिकल्पना गर्न नसकिने भन्दै उनले नागरिकलाई नै अधिकारसम्पन्न  बनाउनुपर्नेमा जाेड दिए।

प्रकाशित: २७ आश्विन २०७५ १६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App