६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रतिपक्षलाई देखाएर सरकार उम्किन पाउँदैन : नेता कोइराला (भिडियो)

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रतिपक्षीलाई दोष दिएर दुई तिहाई सरकार उम्कन नपाउने बताएका छन्। पाथीभरा समाजले बुधवार राजधानीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकारलाई असफल हुने छुट नभएको स्पष्ट पारे। ‘नेकपाको दुई तिहाईको सरकारलाई फेल हुने छुट छैन् र प्रतिपक्षीलाई दोष दिएर उम्कन सक्दैन्’, उनले भने। नीतिगत र अन्य भ्रष्टाचार बढेको, मूल्यवृद्धि र मंहगीले जनता आजित भएको, बलात्कार घटना आकाशिएको भन्दै नेता कोइरालाले सरकारको गम्भीर ध्यानाकर्षण समेत गराए। राजनीतिज्ञले समाज र संस्कृतिलाई ख्याल गर्नुपर्ने भन्दै धर्म र संस्कृतिलाई जोगाउनुपर्नेमा उनको जोड छ।

उनले सरकारलाई लोकतान्त्रिक र पारदर्शी ढंगले अघि बढ्न समेत आग्रह गरे। सरकार प्रति जनता र प्रतिपक्ष मात्र नभएर प्रदेश सरकार र त्यसका मन्त्रीहरु पनि असन्तुष्ट रहेको उनको भनाई छ।

चिनि हुँदा हुँदै पनि मूल्य बढेको र किसानले दुई वर्षदेखि भुक्तानी नपाएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। कोइरालाले नीतिगत भ्रष्टाचार रोक्न सरकार असफल भएको भन्दै आलोचना गरे।

गृहमन्त्रीले पुँजीवादले बलात्कारका घटना बढाएको भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै दण्डहिनताले अपराध बढाएको बताए। दण्डहिनता, अपार्दशिर्ता र भ्रष्टाचारलाई रोक्न सकेमात्र समृद्धिको यात्रा सफल हुने उनको भनाई छ।

प्रकाशित: २४ आश्विन २०७५ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App