१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। 

सोमबार शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागिता र कोस्टारिकाको औपचारिक भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। 

भेटमा राष्ट्रसंघको महासभा, कोस्टारिकाको भ्रमणका क्रममा भएका आपसी हित तथा अन्य समसामयिक विषयबारे छलफल भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली लगायत उच्च पदस्थ अधिकारीको समेत उपस्थिती थियो।

प्रकाशित: २२ आश्विन २०७५ १६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App